काठमाडौंं— २३ वर्षीय पूर्वनवयुवराज हृदयेन्द्र शाहले करिब दुई महिनाअघि गरेको जुम्ला भ्रमणलाई लिएर यतिखेर व्यापक चर्चा र परिचर्चा भइरहेको छ । पिछडिएको कर्णाली प्रदेशमा पर्ने जुम्ला जिल्लाको सौन्दर्यलाई उत्कृष्ट छायाङ्कन गरी १५ मिनेटको भिडियोमार्फत प्रस्तुत गरिएको छ । जुम्लाको यात्रालाई ‘लुकेको स्वर्गको अन्वेषण’ बताएका हृदयन्द्रले नेपालका सुन्दर ठाउँहरूमध्ये जुम्ला एक रहेको धारणा राखेका छन् । उनले जुम्ला भ्रमणबाट धेरै कुरा थाहा पाउने अवसर मिलेको समेत बताएका छन् । हँसिलो मुहारमा देखिएका उनले कृषकदेखि युवा उद्यमीसम्मसँग अन्तरसंवाद गरेका छन् । उक्त भ्रमणमा उनको शालीनता, संवेदनशीलता, जनताप्रतिको आत्मीयता, संस्कारप्रतिको सम्मान र राष्ट्रप्रतिको जिम्मेवारीबोध झल्किएको छ ।
देश


प्रतिक्रिया