काठमाडौं । प्रमुख सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बालुवाटारमा बसेको बैठकमा संसद्मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्याधिवक्ता रमेश बडालसँग छलफल भएको छ। मन्त्रीपरिषद् हेरफेरबारे सल्लाह हुने भनिए पनि बैठकमा यसबारे भने कुनै कुरा नभएको पनि बैठक स्रोतले जानकारी दिएको छ। एमालेले बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादबारे चासो राखेको छ ।
एमालेको चासोमा कांग्रेसले भने आफूहरूको आन्तरिक विषय आफैं मिलाउने जवाफ दिएको छ । बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार, बागमतीको विवादबारे केहीबेर छलफल भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउने तयारीस्वरुप संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भइसकेका छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता बडाल सहभागी थिए।
छलफलमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी थिए ।


प्रतिक्रिया