काठमाडौं— अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बीच चर्किएको राजनीतिक झगडाले नेकपा (माओवादी केन्द्र) भित्र हलचल मच्चाएको छ । प्रचण्ड र प्रभाकरको झगडा पार्टीको आन्तरिक बैठकमा मात्र होइन, सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालमा समेत छताछुल्ल भएको छ । प्रचण्ड र जनार्दनको झगडाको असर अहिले सिंगो पार्टी पंक्तिमा पर्ने त होइन भन्ने भय बढेको छ । यसको सुरुवात उपमहासचिव वर्षमान पुन र नेता सुदन किराँतीले गरेका छन् । पार्टीभित्र चुलिएको अन्तरद्वन्द्वको झल्को दिने गरी किराँतीले गत आइतबार बिहानै ‘प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ’ भनेका छन् । यस्तै, उपमहासचिव शर्माले अध्यक्षमाथि भ्रष्टाचारी र निरंकुश भएको संकेत गरेपछि नेतृत्वमाथि संगीन आरोप लगाएको भन्दै कारबाहीको माग उठेको छ ।
राजनीति


प्रतिक्रिया