समाचार

आज साउन १५, खीर खाएर मनाइँदै


काठमाडौं— आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको बताइन्छ ।

दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । गाउँघरमा परम्पराको रूपमा रहँदै आएको खीर खाने चलनलाई पछिल्लो पुस्तामा पनि विस्तार गर्न नेपाल डेरी एसोसिएसनले कार्यक्रम गर्दै आएको छ ।

साउन १५ मा देशभर लाखौँ लिटर दूधको कारोबार हुने गरेको छ । आज देशभर ८० लाख लिटर दूध खपत हुने अनुमान छ । काठमाडौमा मात्रै ४० लाख लिटर दूघ खपत हुने डेरी एसोसिएसनले जनाएको छ ।