काठमाडौं । बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारमा तीन मन्त्री नियुक्त गरेको बागमती प्रदेशमा कांग्रेस संसदीय दल उपनेता रामकृष्ण चित्रकारले जानकारी दिएकाछन् ।
गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ मन्त्री नियुक्त हुन । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
नवनियुक्त मन्त्रीहरूको शपथ विहान हुने भनिएपनि अझै हुन सकेको छैन् । बागमतीमा कांग्रेसका चार मन्त्रीहरूले साउन ९ गते राजीनामा दिएका थिए। त्यसको भोलिपल्ट मुख्यमन्त्री लामाले राजीनामा स्वीकृत नगरी उनीहरूलाई बर्खास्त गरेकाथिए ।
राजीनामा दिएका चार मन्त्रीसहित २१ सांसदले संसदीय दल नेताबाट बहादुर सिहं लामालाई हटाउन हस्ताक्षर गरेका थिए । आजै दिउँसो कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि आज मतदान हदै छ ।


प्रतिक्रिया