समाचार

श्रम क्षेत्रमा जुरेको जस्तै पहिरो गएको छः अध्यक्ष सिम्खडा


काठमाडौं— अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमीकका अधिकारहरु कटौति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा ट्रेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको श्रम क्षेत्रमा जुरेको पहिरो आएको टिप्पणी गरे । श्रमीकका अधिकारहरु बढारेर लगिएको जिकिर गरे । उनले श्रमीकले आफ्ना अधिकारहरु देख्न र भोग्न नपाउने जस्तो स्थिति बनेको बताए । श्रमीकहरुले अहिले धेरै दुःख र पीडा महशुस गरिरहेको उनको भनाइ छ ।
उनले भने , ‘अब अहिले कस्तो छ भने कहिले श्रम क्षेत्रमा जुरेको पहिरो आएको छ भएको छ । हाम्रो अधिकारको निम्ति बढारेर लिएर गएको छ । कहिले रसुवामा आएको बाढी जस्तो छ । अधिकार भन्नेकुरा हामीले भोग्न, देख्न नपाउने स्थिति पनि छ । सामाजिक संवादको विषय न्यायिक रुपान्तरणको सवालमा अहिले नेपालको सन्दर्भमा एउटा ठूलै उथलपुथल भयो भने त्यो सामाजिक संवाद, ऐन, कानून संविधानले दिएको अधिकार हामीले पाउने र रक्षा हुने स्थिति होला । तर आजको दिनमा एकदम पीडा र दुःखको अवस्थामा भएका अधिकार कटौति हुँदै जाने स्थिति सिर्जना भएको छ ।’

जलवायु परिवर्तनले श्रमीक, उद्यमशिलता, देशको अर्थतन्त्रमा ठूलो समस्या पारेको उनले बताए ।