काठमाडौं— पुराना दल प्रतिको नैराश्यता होस् वा साच्चिकै नयाँ विकल्पप्रति आम मतदाताले देखाएको भरोसा । गएको आम निर्वाचनबाट जनताले तीन वटा नयाँ राजनीतिक पार्टीलाई संसद छिर्ने जनमतसहित अनुमोदन गरे । सञ्चार कर्ममा हुँदा देखेको बेथितीलाई सफा गर्ने उदेश्यले रवि लामिछानेले आफ्नै नेतृत्वमा स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी, मधेशीलाई समान हक अधिकार दिलाउने एजेण्डालाई हतियार बनाएका डा.सीके राउतको जनमत र पिछडिएका वर्ग र आफ्नो जातीय पहिचानको मुद्दा बोकेको रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीलाई संसदीय राजनीतिको हिस्सा बनाएका छन् । तर, बिडम्बना तीन वटै वैकल्पिक शक्तिको नेतृत्वकर्ताहरू विवादबाट मुक्त हुन नसक्दा पार्टीप्रति देखिएको जनविश्वास पनि गुम्दै गएको छ । रास्वपाका सभापति लामिछाने सहकारी ठगी आरोपमा जेल पर्दा, पार्टी नेतृत्वविहीन हुन पुगेको छ । पुर्पक्षका लागि थुनामा हुँदा पनि सभापतिको जिम्मेवारी छोड्न नसक्नु उनको नैतिकतामाथिको पनि ठूलो प्रश्न हो ।
राजनीति


प्रतिक्रिया