अन्तर्राष्ट्रिय

रुसमा ८ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


काठमाडौं— रुसको सुदूरपूर्वी तटमा ८ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेर २५ मिनेटमा शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि रुस, जापान र अमेरिकाको अलास्का क्षेत्रका साथै हवाईमा सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थानका अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा गएको सीएनएनले जनाएको छ । रुसको काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीले पनि जापानका तटीय क्षेत्रहरूमा १ मिटर अग्लोसम्म छाल आउन सक्ने भन्दै सतर्कताको सूचना जारी गरिएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु रुसको सुदूर पूर्वी काम्चात्का प्रायद्वीपको समुद्री तट बाहिर रहेको थियो ।