काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिहं लामा तामाङले आफु संसदीय दलको नेताबाट हटिए पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएकाछन् ।
संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा फेल भएका सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने जिकिर गरे । आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि बताए ।
आज हेटौंडामा संसदीय दल नेता तामाङका पक्ष र विपक्षमा मतविभाजन गरिएको थियो। जसमा मुख्यमन्त्रीसमेत रहेका संसदीय दल नेता तामाङको पक्षमा जम्मा १५ जना सांसद उभिए भने ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना सांसद उभिएका छन्। बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्।
अब सांसद बानियाँ संसदीय दल नेता र नयाँ मुख्यमन्त्री हुने तयारीमा छन्। मुख्यमन्त्री लामाको मन्त्रिपरिषदमा रहेका ५ जना कांग्रेसका मन्त्रीले पदबाट राजीनामा दिइसकेका छन्।
गत शुक्रबार २१ जना सांसदले दल नेता तामाङविरूद्ध हस्ताक्षर गरेका थिए। तामाङ र बानियाँ दुवै सभापति शेरबहादुर देउवा पक्षका हुन्।


प्रतिक्रिया