काठमाडौं— पाटेबाघ संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले ‘विश्व बाघ दिवस’ आज मनाइदै छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो ।
वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै बाघ दिवस मनाउदै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ ।
नेपालमा बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै व्यवस्थापनमा चुनौतीसमेत देखिएको छ । मध्यवर्ती क्षेत्रका स्थानीय बाघको आक्रमणमा पर्ने गरेका छन् ।
कतिपय अवस्थामा बाघको चोरी सिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठुला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्ने क्रम पनि बढेको सरोकारवालाहरूले बताएका छन् ।


प्रतिक्रिया