अन्तर्राष्ट्रिय

अमेरिका र चीनको चेपुवामा परेपछि थाइल्यान्ड–कम्बोडियाबीच रोकियो युद्ध, मलेसियामा भयो सम्झौता (भिडियोसहित)


काठमाडौं— विगत पाँच दिनदेखि युद्धरत थाइल्यान्ड र कम्बोडिया युद्धविराम गर्न सहमत भएका छन् । मलेसियामा भएको शान्ति वार्तापछि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुवै मुलुक तत्काल बिना शर्त युद्धविरामका लागि तयार भएको घोषणा गरेका हुन् । प्रधानमन्त्री इब्राहिमले युद्धविरामको घोषणा गर्दै यसलाई तनाव कम गर्ने तथा शान्ति र सुरक्षा पुनस्र्थापनाका लागि एक महत्वपूर्ण पहिलो कदम भएको बताएका छन् ।