काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणापछि तरंगित राजनीतिक वृत्तमा अझै हलचल कायम छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्थागत निर्णय गर्दै पार्टी सदस्यता नै खारेज गरेर भण्डारीको राजनीतिक सक्रियतामा लगाम लगाए । केन्द्रीय कमिटीबाट निर्णय नै गरेर पार्टीमा प्रतिबन्ध लगाएपछि भण्डारी चुप लागेर नबस्ने भन्दै त्यसको प्रतिवादमा उत्रिएकी छन् । ओली र भण्डारीबीच चुलिएको शक्ति संघर्षसँगै बालुवाटार र भंगालमा बढेको राजनीतिक चहलपहलले धेरैको ध्यान तानेको छ । रातभर रणनीतिक छलफलमा जुटेका ओली–विद्या एकले अर्कालाई उछिन्न अनेक रणनीति बुनिरहेका छन्, जहाँ प्रधानमन्त्री ओलीका एकपछि अर्को रणनीति छताछुल्ल भइरहेका छन् । विद्यालाई रोक्न ओलीले बुनिरहेको रणनीतिलाई तीन तथ्यमा हेरौँ ।
राजनीति


प्रतिक्रिया