राजनीति

अप्ठ्यारोमा प्रचण्ड, माधवसँग नयाँ खेल, रास्वपाले मुद्दा खोस्यो, अध्यक्ष खोस्न जनार्दनको दौड (भिडियोसहित)


काठमाडौं— ‘प्रचण्ड’ शब्दको शाब्दिक अर्थ जति ओजपूण छ, त्यस्तै कुनैबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सुन्दा पनि नेपाली राजनीतिमा त्यही प्रकारको तेज र ओजको महसुस हुन्थ्यो । तर, समय क्रमसँगै प्रचण्डको रवाफ पनि ओसिँदै गएको छ । अर्थात्, बिस्तारै प्रचण्डको राजनीतिक प्रभाव ओझेलमा पर्न थालेका छन् । सरकारबाट बाहिरिएपछि दुई तिहाइको सत्ता गठबन्धनलाई ठेगान लगाउने उद्घोष गरे पनि प्रचण्ड आफ्नै आन्तरिक कलह र मुद्दामा अलमलिएका छन् । सत्ताच्युत भएको एक वर्ष बितिसक्दा प्रचण्डको तडकभडक पनि सेलाएको छ । प्रधानमन्त्रीको कुर्सीबाट हात धुनु परेको तोडमा जोसिएर तराई मधेश अभियान थालेका प्रचण्डको काम अहिले पुस्तक विमोचन गर्ने र सस्तो खपतका लागि सत्ता पक्षलाई गालीको वर्षा गराउनमै सीमित भएको छ ।