काठमाडौं— आज नागपञ्चमी पर्व मनाईँदै छ । परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाइँदै छ ।
नागपञ्चमी प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । आजको दिन नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास रहेको छ । नाग रिसाए पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको बताइन्छ ।
नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ ।


प्रतिक्रिया