समाचार

सांसद सुमना श्रेष्ठको टिप्पणी : हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी आउदैन


काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सुमना श्रेष्ठले हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने टिप्पणी गरेकी छिन् ।
सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएकी हुन् ।

मधेसमा खडेरीको समस्यामा चुरेको कुरा जोडिने उनले बताईन् । उनले चुनावदेखि चुनावको मात्रै हेरेर समस्याको समाधान नहुने बताइन् । ‘मधेशमा भएको अभावलाई हेरौं । यसमा जोडिन्छ । निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन’, उनले भनिन् ।

सांसद श्रेष्ठले सार्वजनिक जग्गामा आँखा नलाउन सरकारलाई आग्रह पनि गरिन् ।