काठमाडौं— २१औं शताब्दीको विश्व राजनीतिमा ‘सुरक्षा’ केवल शब्द मात्र होइन, यो शक्ति, प्रविधि र नियन्त्रणको पर्याय बनेको छ । खासगरी, मिसाइल रक्षा प्रणालीको क्षेत्रमा संसारका देशहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । तर यो प्रतिस्पर्धामा अमेरिका एक कदम अगाडि मात्र होइन, विज्ञान र प्रविधिको भरमा दर्जनौं कदम अगाडि छ भन्दा अतिशयोक्ति हुँदैन । प्रश्न उठ्छ, अमेरिकाले आखिर कसरी मिसाइलहरू ट्रयाक गर्छ ? प्रविधिको दुनियाँमा अमेरिका अहिले यस्तो चरणमा छ, जहाँ कुनै पनि शत्रु देशबाट प्रक्षेपण गरिने मिसाइल केही सेकेन्डमै पत्ता लगाउन सक्छ । केवल २ देखि ५ सेकेन्डभित्रै अमेरिकासम्म कुन ठाउँबाट कुन दिशातिर मिसाइल प्रहार भयो भन्ने जानकारी पुग्छ । यसका लागि चारवटा मुख्य उपग्रहहरू सक्रिय छन्, जुन भूमध्यरेखा, ध्रुवीय क्षेत्र र एसिया–युरोप क्षेत्रमाथि केन्द्रित छन् । यी उपग्रहहरूले २४ सै घण्टा पृथ्वीको हरेक कुनामा नजर राखिरहेका हुन्छन् ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया