राजनीति

विद्याको नयाँ खाका, ओलीका दुस्मनसँग गोप्य बैठक, सूर्यको ब्रान्डमा देश दौडाहा, रास्वपाको अभिभावक बन्ने (भिडियोसिहत)


काठमाडौं— पार्टीको ढोका बन्द भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीविरोधीहरूकै आशामा विद्यादेवी भण्डारी अघि बढेकी छन् । एमालेमा ओलीले आफूलाई शक्तिशाली नेताका रूपमा स्थापित गरेपछि पार्टीभित्र अधिकारको केन्द्रीकरण र आन्तरिक लोकतन्त्रको कमी भएको महसुस गर्ने ठूलो समूह छ । यो समूहले ओलीको कार्यशैली र निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ । विद्यादेवी भण्डारीको पुनरागमनलाई उनीहरूले ओलीको एकाधिकारलाई चुनौती दिने एउटा सम्भावित विकल्प वा शक्ति सन्तुलन कायम गर्ने माध्यमका रूपमा हेरेका छन् । तर, पार्टीको सचिवालय होस् वा पोलिटब्युरो, उनीहरूको आवाज ठूलो हुन सकेन । केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा यो स्वर क्षीण भइसकेको थियो । अर्थात्, ओली पार्टीभित्र बलियो बन्दा उनीविरुद्ध रहेकाहरूलाई समेत भण्डारी आफ्नो पक्षमा प्रस्ट्याउन सकिनन् ।