काठमाडौं — महाधिवेशनको टुंगो लागि नसके पनि नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवामाथि उत्तराधिकारी तोक्ने दबाब बढ्दै गएको छ । सुरुमा पार्टीका फोरम र गुुटहरुमा मात्र सीमित रहेको यो छलफल पछिल्लो समय सार्वजनिक रुपमै हुन थालेका छन् । यसरी दबाब बढाउनेमा देउवा समूहमै रहेका र उनलाई समयक्रममा सहयोग गरेका सातभाइ नेताहरु छन् । त्यसैमध्येका एक कृष्णप्रसाद सिटौलाले त देउवाकै भाषामा लोली मिलाउन थालेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै सिटौलाले सरकार पूरै अवधि जाने र महाधिवेशव एक वर्ष सर्ने बताए । यी दुवै अभिव्यक्ति देउवा रिझाउनका लागि हुन् । यतिमात्र नभई सिटौलाले घुमाउरो शैलीमा देउवा सबैको नेता भए पनि विगतका महाधिवेशनमा गुन लाउनेहरुलाई विशेष रुपमा हेर्नुपर्ने बताए ।
राजनीति


प्रतिक्रिया