काठमाडौं— साउनको चर्काे घामले तातेको कालोपत्रे सडकमाथि पराल र त्यसमाथि राडी ओच्छ्याएर बसेका उनी कुनै एक सर्वसाधारण नागरिक होइनन् । उनी त सङ्घीयतालाई सार्थक बनाइरहेको स्थानीय सरकारका एक जननिर्वाचित नगरपिता हुन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई यतिखेर स्थानीय र प्रदेश सरकारको सामथ्र्यले नभ्याउने माग राखेर केन्द्र सरकारसँग याचनाका लागि काठमाडौंमा भोक हड्ताल गरिरहेका छन् । उनी सत्याग्रह सुरु गर्नुअघि कपाल मुन्डन गर्न सिंहदरबारको दक्षिण गेटअगाडि पुगेका थिए । तर, त्यहाँ निषेधित क्षेत्र भएकाले प्रहरीले नियन्त्रणमा लिएर माइतीघर मण्डलामा छाडेको थियो । बाँसको प्रवद्र्धन गर्न राष्ट्रिय नीति, कानूनको स्पष्ट व्यवस्था हुनु पर्छ भन्दै सङ्घीय राजधानीको माइतीघर मण्डलामा आइतबारदेखि उनले भोक हड्ताल सुरु गरेका छन् ।
देश


प्रतिक्रिया