काठमाडौं— पछिल्लो समय झ्याप्प–झ्याप्प बिजुली जाने–आउने समस्याले हैरान भएका नागरिकहरू, शनिबार चितवनको चनौली वितरण केन्द्रले विद्युत कटौती हुने तालिका सार्वजनिक गरेपछि आक्रोशित बनेका छन् । उक्त केन्द्रले आइतबारदेखि दैनिक ६ घण्टा विद्युत् आपूर्ति कटौती गर्ने तालिका सार्वजनिक गरेको थियो । गर्मीका कारण बिजुलीको माग बढेको भन्दै उक्त केन्द्रले बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत् कटौती हुने सूचना निकालेको थियो । सूचनामा सिँचाइका लागि विद्युतको माग अत्यधिक भएकाले फिडरअनुसार भार व्यवस्थापन गर्नुपरेको उल्लेख थियो । पानी नपरेकाले सिँचाइका लागि मोटरहरू अत्यधिक चल्दा भरतपुर–चनौली ३३ केभी प्रसारण लाइनले भार धान्न नसकेको केन्द्रको भनाइ थियो । तीन सय एम्पियर क्षमताको प्रसारण लाइनमा ४५० एम्पियरसम्म माग पुगेपछि समस्या बढेको सूचनामा जनाइएको थियो ।
देश


प्रतिक्रिया