काठमाडौं । टेरामक्स प्रकरणमा तत्कालीन दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झासँग अदालतले ३ लाख धरौटी माग गरेको छ।रोल…
विशेष अदालतमा न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ३ लाख धरौटी माग गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनी आज अदालतमा हाजिर भएका थिए।
बयान दिएपछि भएको थुनछेक बहसपछि अदालतले ३ लाख धरौटीमा छाड्न भनेको हो। अख्तियारले गत जेठ १ मा प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेत सहित १४ जना र २ कम्पनीलाई प्रतिवादी बनाएर गत जेठ १ मा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया