अन्तर्राष्ट्रिय

हरिद्वारमा मनसादेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु


काठमाडौं । भारतको हरिद्वारमा भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । उत्तराखण्ड राज्यस्थित हरिद्वारको मनसा देवी मन्दिरमा आइतबार भएको घटनाको मुख्यमन्त्री पुष्करसिंह धामीले पुष्टि गरेका छन् ।

भागदौडको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ । हरिद्वार हिन्दू धर्माबलम्बीहरूको पवित्रस्थल हो ।