नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ मा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै एनपिएलको अक्सन साउन २४ मा हुने जनाएको हो । असार २८ देखि साउन ६ गतेसम्म ४ सय ५८ खेलाडी अक्सनका लागि आफ्नो नाम दर्ता गराएको क्यानले जनाएको छ ।
दर्ता भएका सबै खेलाडीको नाम सबै ८ फ्रेन्चाइजी टोलीलाई पठाइसकेको क्यानले बताएको छ । अक्सनमा सहभागी रहने खेलाडीको अन्तिम सुची केही दिनमा जारी गरिने क्यानले बताएको छ ।



प्रतिक्रिया