Breaking

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु


सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।

आज बिहान स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र श्रीमती ४२ वर्षीया रामकुमारीको विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिएकाछन् ।

आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि छुटाउन जाँदा श्रीमतीलाईसमेत करेन्ट लागेको थियो।करेन्ट लागेपछि दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।।