काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरुमाथि बेइमानी र धोका हुन नदिने प्रतिवद्धता जनाएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिवद्धता जनाए ।
सरकारले शिक्षकहरुसँग असार १५ भित्रै विद्यालय शिक्षा ऐन संसदमा प्रश्तुत गर्ने प्रीतवद्धता जनाएपनि जालझेल गरेर अहिलेसम्म प्रश्तुत नगरेको आरोप लगाए ।
शिक्षा विधेयकलाई लामो समयसम्म अड्काएर राख्न आफूहरुले नदिने बताए । शिक्षकहरुले सोचेको जस्तो सबै मागहरु पूरा गर्न नसकेपनि बेइमानी हुन भने नदिने उनको भनाइ छ ।
अध्यक्ष दाहालले सरकारले असार १५ भित्र संसदमा विद्यालय शिक्षा विधेयक पेश गर्ने प्रतिवद्धता जनाएको थियो । तर हालसम्म प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको छ


प्रतिक्रिया