देश

रेशम–रञ्जिताको सधैँको झगडा, नाउपाको ओरालो यात्रा, घुस काण्डदेखि घर झगडाले कार्यकर्ता हैरान (भिडियोसहित)


काठमाडौं — वैकल्पिक शक्ति बनेर उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले आफ्नो राजनीतिक एजेण्डाले भन्दा संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको घरझगडाले बढी चर्चामा छ । पति–पत्नीका रूपमा रहेका उनीहरू कहिले नेतृत्व हत्याउने त कहिले सरकारमा सामेल हुने वा नहुने भन्ने विषयमा देखिने मतभेदका कारण उनीहरूको झगडा सार्वजनिक रूपमै छताछुल्ल हुने गरेको छ । पार्टीभित्र निरन्तर चलिरहेको यो दम्पतीको नोकझोकको शृङ्खला फेरि एकपटक सतहमा आएको छ ।