काठमाडौं— प्रधानमन्त्री देशको अनुहार हो; प्रमुख कार्यकारी मात्र होइन, संस्था हो । लोकतन्त्रको उच्चतम पद प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालिरहेका छन् । तर विडम्बना, सबैभन्दा बदनाम कोही छन् भने प्रधानमन्त्री ओली नै छन् । सत्तारोहण गरेदेखि नै सुरु भएको आक्रोश र आलोचनाको बाढी रोकिने होइन, झन् बढ्दो छ । सडकदेखि सदनसम्म विपक्षी दलहरूको विरोध र बहिष्कार खेपिरहेका ओली सत्तारुढ दलकै नेताहरूको निशानामा छन् । सत्तारोहणको १४ महिने अवधिमा आफ्नै कार्यकर्ताबाट लखेटिए, ओली बिना पनि एमाले चल्छ भन्दै विकल्प तेस्र्याइयो । सत्ता राजनीतिमा विपक्षी दल मात्र होइन, सत्तारुढ कांग्रेसकै नेताहरू अझै पनि ओलीका लागि चुनौती हुन् । आन्तरिक र बाह्य दुवै शक्ति अझै ओली अनुकूल भएका छैनन् । तर ओली डराएनन्, डगमगाएनन् । आफ्नो हठमा अडिग रहे । कांग्रेस सभापति शेरबहादुर देउवाको मौन समर्थन उनका लागि वरदान बन्यो । केही समय आत्तिए पनि घाटालाई ख्याल नगरी एकपछि अर्को जोखिम लिन तयार ओलीलाई आफ्नो दृढता, अडान र जिद्दीपनले एकपछि अर्को जित दिलाएको छ ।
राजनीति


प्रतिक्रिया