काठमाडौं — अमेरिका र इरानबीचको चिसिएको सम्बन्ध पुनः तातिन थालेको संकेत देखिएको छ । इरानी धार्मिक नेताहरूले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न खुला रूपमा क्राउड फन्डिङ सुरु गरेका छन् । यता अमेरिकाले केही समयअघि इरानको भूभागमा बम आक्रमण गरेपछि परिस्थिति झनै तनावपूर्ण बन्दै गएको छ । इरानका केही प्रभावशाली धार्मिक नेताहरूले हालै सार्वजनिक रूपमा ट्रम्पविरुद्ध प्रतिशोधको भाषा प्रयोग गर्दै उनको हत्या गर्न आर्थिक संकलन सुरु गरेका हुन् । उनीहरूले यो क्राउड फन्डिङलाई ‘शहिदको बदला’ भन्दै प्रचार गरिरहेका छन् । यस कदमलाई अन्तर्राष्ट्रिय समुदायले निकै गम्भीर रूपमा लिएको छ । यति मात्रै होइन इरानको छिमेकी देश अजरबैजानका एक धर्मगुरुले ट्रम्पको हत्याका लागि इनाम पनि घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया