अन्तर्राष्ट्रिय

थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद चर्कियो, एक जनाको मृत्यु


काठमाडौं — थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद चर्किँदा एक जनाको मृत्यु भएको छ । थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका छन् ।

त्यसपश्चात थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ । कम्बोडयाको रक्षा मन्त्रालयले पनि थाई सेनाले सीमा नजिककै रहेको प्राचीन प्रेह भिहेयर मन्दिर नजिकै सडकमा बम खसाल्न लडाकु विमान प्रयोग गरेको जनाएको बेलायती अखबार द गार्डियनले उल्लेख गरेको छ ।