काठमाडौं — भक्तपुरमा दुई दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
मध्यपुर थिमि नगरपालिका — ८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीले जनाएको छ । कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्थे ।उनीहरू बिहान कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया