मौसम

कमजोर बन्यो मनसुनी वायुको प्रभाव, मधेस प्रदेशमा खडेरीले समस्या


देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस र बागमतीलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

मधेश प्रदेशमा भने खडेरीले समस्या पारेको छ । मधेशलाई सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सम्पूर्ण स्रोतसाधन परिचालन गर्ने बताएको छ ।