काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेसँगै तरंगित सत्तारुढ नेकपा एमालेले एक सातामा सचिवालय पोलिटब्यूरो र केन्द्रिय कमिटि बैठक सम्पन्न गरे । भदौमा हुने विधान महाविधेशन तयारीका लागि भनिएको यी सबै बैठकको मुख्य एजेन्डा बनेकी भण्डारी स्वंम च्यासल पुगेपछि यो पटक एमालेको च्यासल जमघेट सर्वाधिक चर्चामा रह्यो । राजनीतिमा फर्किने घोषणपछि एमाले पार्टी कार्यलयमा नै एमाले अध्यक्ष एवंम प्रधानमन्त्री के.पी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको वान टु वान भेटवार्ता हुँदै पोलिटब्यूरो बैठक र केन्द्रिय कमिटि बैठकमा एमालेभित्र भण्डारीलाई रोक्ने र बोक्नेबीचको बाझबाझले एमालेको यो पटकको सबै बैठक खुब चर्चामा रह्यो ।
राजनीति


प्रतिक्रिया