काठमाडौं । बैंकिङ कसुरको मुद्दामा फरार रहेका आरोपी कृष्णकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई मंगलबार नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नागार्जुन क्षेत्रबाट पक्राउ गरेको हो ।
३७ बर्षीय उनीविरुद्ध २०८१ माघ १५ मै काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । तर हालसम्म लुकीछिपी नागार्जुन नगरपालिका वडा नं. २ शान्तिनगर चोक बस्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यद्धारा घटना विवरणमा उल्लेख छ । उनी पर्साको ठोरी गाउँपालिका– ४ निवासी हुन् । उनका बुवा लालकुमार श्रेष्ठ एमालेबाट निर्वाचित ठोरी गाउँपालिका अध्यक्ष हुन् ।
आरोपी श्रेष्ठलाई अपराध अनुसन्धान कार्यालय काठमाडौंले सिंहदरबार प्रहरी वृत्तलाई जिम्मा लगाएको थियो । वृत्तले अदालतबाट म्याद थपको तयारी गरेको बताएको छ ।



प्रतिक्रिया