काठमाडौं — नेपाली कांग्रेसको संस्थापनमाथि दबाब बढाउन अनेक गुटहरु सक्रिय भएका छन् । अहिले रणनीतिक सक्रियता र संस्थापनमाथि दबाब बढाउन सात भाइको समूह लागेको छ । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई नै साथ दिएको यो समूहले महाधिवेशन केन्द्रित लबिङ सुरु गरिसकेको छ । सोमबार मात्र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, उपप्रधानमन्त्री प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, डा. शशांक कोइराला र गोपालमान श्रेष्ठको सिंह निवास चाक्सीबारीमा भेट भयो । त्यो भेटले सरकार ०८४ सम्मै जाने तर, संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने निश्कर्ष निकाल्यो ।
राजनीति


प्रतिक्रिया