राजनीति

ओली–देउवा–प्रचण्डको कब्जामा पार्टी, विरोधीलाई लखेट्छन्, बाँचुन्जेल नेतृत्वमा, नयाँका पनि उस्तै प्रवृत्ति (भिडियो)


काठमाडौं — नेपालबाट १०४ वर्षे जहानीया राणा शासन हटे पनि नेपाली राजनीतिक दलहरूभित्र भने अझै पनि त्यही राणाकालीन अवशेष बाँकी देखिन्छ । बाहिर आफूलाई लोकतन्त्रको हिमायती मान्ने र आफ्नो दललाई लोकतान्त्रिक प्रक्रियाको अंग ठान्ने नेपाली राजनीतिक दलहरूभित्र भने जर्मनीका तानाशाह एडोल्फ हिटलरको नाजी पार्टीलाई समेत मात खुवाउने गरी पार्टी सञ्चालन गरेको देखिन्छ । जुन प्रवृत्ति २००६ साल चैतमा जन्मेको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसदेखि २०७९ सालमा ‘जान्नेलाई छान्ने’ भन्दै उदाएको रास्वपासम्मै देखिन्छ । नेपालका सबै दलभित्र आन्तरिक लोकतन्त्रभन्दा ‘टिके प्रथा’ हाबी छ । जहाँ कांग्रेसमा शेरबहादुर देउवा अब तेस्रो पटक सभापति बन्न तम्सिएका छन्, नेपालकै ठूलो कम्युनिस्ट पार्टी एमालेमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरेर दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाएर अध्यक्षमा ह्याट्रिक गर्ने तयारीमा छन् ।