काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिको मैदानमा धकेलेर धोका दिनेहरूले गर्दा हाल उनी ‘न यता न उता’को बनेकी छन् । गत असार १४ गते आफ्ना दिवंगत श्रीमान् मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर, भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सबै सेवा–सुविधा त्याग्दै पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन् । त्यसयता उनले विभिन्न सञ्चारमाध्यममा आफू राजनीतिमा आउनुको अर्थ एमालेको साधारण सदस्य बन्न नभई पार्टी नै हाँक्न आएको अभिव्यक्ति दिएपछि सिंगो एमाले राजनीतिमा पहिरो नै गयो । जसले गर्दा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् मैदानमा उत्रिनुप¥यो । सरकार हाँकीरहेका र एमालेमा निर्विकल्पजस्ता बनिरहेका ओलीविरुद्ध भण्डारी उभिनु नै उनका अगाडि पहिलो चुनौतीको पहाड बन्यो । तर, जसको साथ र हौसलाले हौसिएर भण्डारी एमाले हाँक्ने गरी राजनीतिमा पुनरागमन गरेकी थिइन्, उनीहरूले नै साथ छोड्दा हाल उनी ‘घर न घाट’को अवस्थामा पुगेकी छन् ।
राजनीति


प्रतिक्रिया