काठमाडौं — प्रमुख दलहरु आन्तरिक किचलोमा फस्दा सरकारको गति सुस्त बनेको छ । मन्त्रिपरिषद्का बैठकमा समेत आन्तरिक कलहकै ब्रिफिङ गर्नुपर्ने अवस्था आउँदा एमालेमा विद्या भण्डारी र कांग्रेसमा डा. शेखर कोइरालाले माओवादीको बुई चढेर सरकार ढाल्ने ओपन च्यालेञ्ज दिएपछि ओली र देउवा रक्षात्मक बनेका छन् । अहिले सबैजसो मन्त्रालयहरुले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरिरहेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै सम्बोधन गरेका छैनन् । एक वर्षमा अपेक्षित काम हुन नसकेका बेला प्रधानमन्त्रीले आगामी वर्षको रोडम्याप देखाउन सक्नुपर्ने हो । तर, आफ्नो प्रधानमन्त्री र पार्टी अध्यक्ष पद नै संकटमा देखेपछि विद्यालाई रोकेर संकटमोचनको सञ्जीवनी खोजिरहेका छन् । त्यही बुटी खोज्ने तालमा सरकारको नेतृत्व गरेको एमालेको सचिवालय र पोलिटब्युरो बैठकमा एक वर्षे कार्यकालको समीक्षा र आगामी कार्यदिशाबारे छलफल नै भएन । मन्त्रीहरुमा समेत त्यो जाँगर देखिएको छैन । आगामी एक वर्षको कार्ययोजना देखाउनुपर्नेमा एक वर्ष पुगेसँगै मन्त्री पद नै गुम्ने त्रासमा उनीहरु छन् ।
राजनीति


प्रतिक्रिया