समाचार

तारकेश्वरको खेल मैदानमा महिलाको शव फेला


काठमाडौं — काठमाडौंको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानमा एक महिलाको शव फेला परेको छ । धादिङको ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमती बस्दै आएकी २६ वर्षीय तिलमाया तामाङको शव खेल मैदानको बारमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनी आज बिहान तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानको फलामेबारमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीका अनुसार अनुसार मृतक तिलमाया गएरातिदेखि हराएकी थिइन् ।