काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकांक्षी भूमि विधेयक अलपत्र अवस्थामा छ । ‘फास्ट ट्रयाक’ बाट विधेयक पारित गराउन चाहे पनि सत्ता पक्षकै नेताहरूले दबाव सिर्जना गर्दा ओलीको चाहना पूरा हुन सकेको छैन । गत असार २५ गते नै प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले उक्त विधेयकमाथि सदनमा दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो । त्यही दिन विधेयक उपर परेका संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेर विधेयक पारित गर्ने कार्यसूची तय गरिए पनि सत्ता साझेदार कांग्रेसकै साथ नपाएपछि कार्यसूचीबाट हटाउन सरकार बाध्य बन्यो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले महत्वपूर्ण विधेयकमा लटरपटर गर्न नहुने भन्दै विमति जनाएका थिए । जसले गर्दा सत्तापक्ष एमाले र कांग्रेसबीच नै अविश्वास पैदा गरेको छ । भूमि व्यवस्थामन्त्री अधिकारी भने विधेयक पारित हुन नसक्दा भूमि आयोगलाई काम गर्न असहज भएको बताउँछन् ।
देश


प्रतिक्रिया