पर्वतमा पहिरोमा परेर बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ।
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका थिए।
बेपत्तामध्ये खोजीका क्रममा छविलालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घर पहिरोले भत्काएपछि बुहारी ३२ वर्षीया पवित्राले भने भागेर ज्यान बचाएकी छिन्।


प्रतिक्रिया