अन्तर्राष्ट्रिय

२० वर्षसम्म कोमामा रहेका साउदी अरबका राजकुमार वालिदको निधन


काठमाडौं । दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ ।

कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए ।सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए ।

उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो । उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी पूर्णरुपमा होसमा फर्कन सकेनन् ।

साउदी अरबको विशेष स्वास्थ्य केन्द्रले राजकुमार वालिदको निधनको समाचार सार्वजनिक गरेपछि उनीप्रति व्यापक रूपमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।‘स्लिपिङ प्रिन्स’सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको छ ।