Breaking

विद्यामाथि ब्याक फायर, एमालेमा ढोका बन्द, पार्टी फुटाएर राजनीतिमा आउलिन् ? (भिडियो)


काठमाडौं । एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बढ्दै गएको शक्ति संघर्ष कुन तहसम्म पुग्छ ? चासो बढ्न थालेको छ । विशेषत ओली भण्डारीलाई महाधिवेशनसम्म पुग्नै नदिने पक्षमा छन् भने भण्डारी निकट नेता पेलानमा पर्न थालिसकेका छन् । फलतः भण्डारीका कमान्डर ईश्वर पोखरेलको पद अर्थात वरिष्ठ उपाध्यक्ष नै खारेजी गर्ने बाटोमा ओली छन् ।

त्यसो भए आगामी महाधिवेशनसँगै पोखरेल राजनीतिबाट विदा हुने छन् भने भण्डारी समेत विधान महाधिवेशनमा प्रतिनिधि हुन नपाउने भएकी छन् । यतिमात्र हैन उमेर हदको बाधा र दुई कार्यकाल मात्र नेतृत्व गर्न पाइने प्रावधान समेत विधानबाटै हटाउन ओली सफलताउन्मुख छन् । यतिमात्र नभई एमालेमा विद्याको कमब्याकपछि मदनलाई नै जबजबाट हटाउने ओली समूहको रणनीति देखिन्छ ।

अर्थात असार १३ सम्म एमालेमा जबज मदन भण्डारीसँग प्याटेन्ट राइटको रूपमा थियो । तर, १४ असारबाट विद्या राजनीतिमा सक्रिय भएपछि ओलीले सोही दिनबाट जबज र मदन छुट्याउने प्रयास गरेको देखिन्थ्यो । ओलीको त्यो सुझबुझपूर्ण भनाइलाई साथ दिँदै महासचिव शंकर पोखरेलले फेसकुबमा लामो स्टाटस लेखेका थिए । जबजको विकासक्रमबारे लेखेका पोखरेलले मदन भण्डारीको नाम नै लिएका थिएनन् ।

अहिले पनि ईश्वर र शंकर नै दुई खेमाका कमान्डरका रुपमा भिडन्तमा देखिँदा उनीहरुको त राजनीतिक पतन र उदयको आधार नै ओली–भण्डारीको भिडन्तको नतिजामा निर्भर रहने छ । फलतःओली भण्डारी बीचको भिडन्त कुन तहसम्मको थियो भन्ने प्रष्ट हुँदा यो पार्टी विभाजनकै तहसम्म पुग्ने त होइन भन्ने चर्चा समेत स्वभाविक बन्दै गएको हो ।

(बाकि भिडियोसहित)