Breaking

रवि–बालेन र कुलमानको एकता ? कांग्रेस एमालेलाई डर, ०८४ भित्रै कति सम्भव ? (भिडियो)


काठमाडौं । पुराना दलहरूबाट अब मुलुक बन्दैन भन्दै राजनीतिमा वैकल्पिक शक्तिहरूको प्रवेश तीव्र गतिमा भइरहेको छ । तर, विकल्पका रूपमा उदाएका शक्तिहरू आ–आफ्नै स्वार्थ र कार्यदिशाका कारण एक हुन सकेका छैनन् ।

एकपछि अर्को गर्दै घोषणा भएका यी वैकल्पिक शक्तिहरू एकजुट हुने हो भने पुराना दलहरूको वर्चस्व तोड्न धेरै समय लाग्ने देखिँदैन । तर यहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नै साम्राज्य बनाउनु छ, सागर ढकाललाई रुपन्देही–३ मा रास्वपाको समर्थनसहित उपनिर्वाचन लड्नु छ, तर उनी रास्वपाको अस्तित्व स्वीकारेर त्यसमा समाहित हुन भने चाहेका देखिँदैनन् ।

उता, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफ्नै पार्टी खोल्नु छ । यतिसम्म कि नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिनु अगावै हटाइएका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसमेत आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल’ अभियान अघि बढाउने तयारीमा छन् ।

वैकल्पिक शक्तिका रूपमा उदाएका रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), डा. सिके राउतको जनमत पार्टी, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीदेखि स्वतन्त्र रूपमा उदाएका गोपी हमाल र हर्क साम्पाङसम्मले एकताको आवश्यकता औँल्याउँछन् । तर, उनीहरू कसैमा पनि अहिलेसम्म एकले अर्काको नेतृत्व स्वीकार्ने आँट देखिएको छैन ।

(बाकि भिडियोसहित)