काठमाडौं । नेकपा एमाले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गर्नुभएको कुरामा नेताहरुले आफ्ना धारणा राखेका छन् ।
आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी विधानमा उल्लेख भएका विषय अतिरिक्त ७० वर्षे उमेरहद, दुई वर्षे कार्यकाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गर्नुभएको कुरामा आफ्ना धारणाहरु केन्द्रित गरेका हुन् ।
सञ्चारकर्मीहरुस्ँग कुरा गर्दै प्रचार विभाग प्रमुअ राजेन्द्र गौतमले अहिलेसम्म ३२ जना स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राखेको बताए ।
अब ४० जनाले धारणा राखेपछि बैठक आजै समापन गरिनेछ । प्रचार विभाग प्रमुख गौतमकाअनुसार नेताहरुले जिल्ला कमिटीलाई समन्वय बनाउने, प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाए ।


प्रतिक्रिया