काठमाडौं —नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्ने बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सबै जातजातिको देश भएको र अझै यसलाई सुन्दर बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपालको मौलिकता भनेकै बहुलजाति भाषा, धर्म, संस्कृति रहेको बताउनु भयो । उहाँले नेपालको पहिचान र संस्कृति जोगाउन आदिवासी जनजातिहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । आदिवासी जनजातिहरुको लागि काँग्रेसले गर्नुपर्ने आवश्यक सहयोग गर्न काँग्रेस तयार रहेको बताउनु भयो । सभापति देउवाले नेपाल सुन्दर देश भएको बताउनु भयो । आदिवासी जनजातिहरुले नेपालको पहिचान जोगाउने काममा ठूलो महत्व पुयाएको बताउनु भयो ।
समाचार


प्रतिक्रिया