काठमाडौं —युक्रेनको सरकारको मन्त्रिपरिषदमा ठूलो फेरबदल भएको छ । बिहीबार युलिया स्वीरिडेन्को युक्रेनको नयाँ प्रधानमन्त्री बनेकी छन् । रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरिरहँदा नवनियुक्त प्रधानमन्त्रीमाथि अनेकौँ चुनौतीका चाङ छन् । निवर्तमान अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकारसमेत रहेकी उनी युक्रेनको सरकारमा नयाँ भूमिका लिने अधिकारीहरूको समूहमध्ये एक हुन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धले थकित राष्ट्रलाई नयाँ ऊर्जा दिन उनको नियुक्ति महत्त्वपूर्ण रहेको बताएका छन् । रुसको निरन्तर आक्रमणको सामना गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयासमा मन्त्रिपरिषद्मा फेरबदल गरिएको जेलेन्स्कीले बताएका छन् । यता, घरेलु स्तरमा भने मन्त्रिपरिषद्को यो पुनर्गठनलाई कुनै ठूलो परिवर्तनका रूपमा लिइएको छैन । जेलेन्स्की युद्धको अवधिमा अझै पनि आफ्नो प्रभावकारिता र वफादारी प्रमाणित गर्नुपर्ने बाध्यतामा छन् ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया