काठमाडौं — प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको राजनीतिक टकराव उत्कर्षमा पुगेको छ । एमालेको सक्रिय राजनीतिमा फर्किने विद्याको घोषणासँगै बिच्किएका ओली आफ्नो सिंगो पङ्क्ति प्रयोग गरेर विद्यालाई रोक्न लागिपरेका छन् । उता, पार्टीका आधिकारिक मञ्चहरूमा आफ्नो प्रत्यक्ष उपस्थिति जनाउन नपाएकी विद्याले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि सारेर पार्टीका निर्णयहरूमा दबाब दिनेदेखि ओली नेतृत्वको गठबन्धनविरोधी शक्तिहरूसँग भेटवार्ता गरेर ओलीलाई दबाब दिइरहेकी छन् । शुक्रबार मात्र भण्डारीले कांग्रेस नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरिन् । उनले शेखरसँग सहयोगको अपेक्षासमेत गरेकी छन् । तर, विद्यालाई रोक्न अग्रसर अध्यक्ष ओलीले भने एमालेको नेतृत्वमा आफ्नो बाटो खुला राख्न प्रावधान नै हटाउनेसम्मको कदम चालेका छन् ।
देश


प्रतिक्रिया