समाचार

वातावरणमैत्री सडक बनाउने कुरामा सरकारले ध्यान दिइरहेको छ : यातायातमन्त्री दाहाल


काठमाण्डौ —भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताएका छन् । पूर्वाधार विकास समितिको आजको बैठकमा उनले संविधानले नै अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने भनेकाले मन्त्रालय त्यसप्रति गम्भीर रहेको बताए ।

मन्त्री दाहालले ठाउँ ठाउँमा लिफ्टको व्यवस्था गर्न र आकाशे पुल बनाउन मन्त्रालयले योजनावद्ध रुपमा काम गरिरहेको बताए । एड्भान्स लिफ्ट नै राख्ने प्रस्ताव दातासँग राखेको पनि उनको भनाई छ ।

कतिपय ठाउँमा सडक विस्तारका लागि मुआब्जा दिनसक्ने अवस्थासमेत नरहेको उनले बताए । मन्त्री दाहालले काम अघि नबढिरहेको बेलामा समितिसँग छलफल हुनु राम्रो भएको पनि उल्ल्ेख गरे ।