देश

मदनपुत्री उषाकिरण, जबजको ब्राण्ड, विद्यासँग एउटै मञ्च, एमालेको टसल, ओली–विद्याको मिलन बिन्दु ? (भिडियो)


काठमाडौं – पहिलो महिला प्रधानमन्त्री बन्ने आकांक्षासहित राजनीतिक पुनरागमन गरेकी विद्यादेवी भण्डारी अहिले आक्रामक रूपमा प्रस्तुत भइरहेकी छन् । उनको सक्रियताले एमालेमा मात्र नभई सिङ्गो राजनीतिक वृत्तमै तरंग ल्याएको छ । उनले मदन भण्डारी फाउन्डेसनलाई आफ्नो राजनीतिक प्लेटफर्मका रूपमा प्रयोग गरिरहेकी छन् भने सँगसँगै छोरी उषाकिरण पनि विद्याजस्तै सक्रिय बन्दा विभिन्न कोणबाट विश्लेषण सुरु भएको हो । असार ३१ गते मंगलबार ‘एमाले संगठन र जबजको विस्तार गर्न’ पूर्वराष्ट्रपति भण्डारीले छुट्टै संयन्त्र घोषणा गर्दा छोरी उषाकिरण खरो रूपमा प्रस्तुत भइन् । पछिल्लो समय आमासँगै देखिन थालेकी उनले मदन भण्डारीको हीरक जन्मजयन्तीका अवसरमा गर्न लागिएको कार्यक्रम एमालेको संगठन लक्षित रहेको स्पष्टै बताइन् ।