काठमाडौं —विद्या भण्डारीको राजनीतिक पुनरागमनलाई विभिन्न बहानामा रोक्ने प्रयास असफल भएपछि एमालेको संस्थापन पक्ष आक्रामक रूपमा अघि बढेको छ । कहिले सदस्यता होल्डको चर्चा चलाएर त कहिले राष्ट्रप्रमुख भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन नमिल्ने भाष्य अहिले कमजोर सावित भइसकेको छ । त्यस्तै, महासचिव शंकर पोखरेलले विधानमै व्यवस्था गरेर रोक्नुपर्ने भन्दै अघि सारेको प्रस्तावसमेत असफल भइसक्दा आगामी विधान महाधिवेशनसम्ममा भण्डारीको यात्रा प्रष्ट हुने अवस्था छ, जसको एजेन्डा तय गर्न सचिवालय बैठकसमेत बसेको थियो । पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ । यदि महाधिवेशनमा ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउनेजस्ता बाधा–अड्चनलाई संशोधन गरिएमा त्यसले ओलीलाई निरन्तरताको बाटो खोल्नेछ भने भण्डारीलाई अर्को सकस थपिने छ ।
देश


प्रतिक्रिया